कैलालीमा देउडा हेर्न गएकी किशोरी बलात्कृत

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा देउडा हेर्न गएकी १५ वर्षीया एक किशोरी बलात्कृत भएकी छन् ।

भदौ २१ गते राति चार जनाले सामूहिक बलात्कार गरेको भन्दै ती किशोरीले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी छन् । आरोपी चारमध्ये तीन जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए ।

काम छ भन्दै एकान्तमा बोलाएर जबरजस्तीकरणी गरेको जाहेरीपत्रमा उल्लेख छ । ती किशोरी सुखड बजारको हेलिप्याडमा भइरहेको देउडा हेर्न गएको समयमा घटना भएको प्रहरीले जनाएको छ । बलात्कृत किशोरीलाई भोलिपल्ट भदौ २२ गते बिहान असामान्य अवस्थामा बजारमा हिँडिरहेको देखेपछि प्रहरीले उपचारका लागि अस्पताल लगेको प्रनाउ शाहीले जानकारी दिए ।

‘भदौ २२ गते बिहान प्रहरीले सुखड बजारमा ती किशोरीलाई असामान्य अवस्थामा फेला पार्‍यो, प्रहरीले नै उपचारका लागि स्थानीय अस्पतालमा लग्यो । त्यो समयमा ती किशोरी बोल्न सक्ने अवस्थामा थिइनन्,’ उनले भन, ‘केही समयको उपचारपछि उनको होस खुल्यो, उनलाई आफन्तको जिम्मा लगायौं।’

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent