गठबन्धनको निष्कर्ष : राष्ट्रपतिबाट संविधान उल्लंघन भयो

काठमाडौं, ५ असोज । सत्तारुढ पाँचदलिय गठबन्धनले राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान उल्लघंन गरेको निष्कर्ष निकालेको छ ।

आज बालुवाटारमा बसेको गठबन्धनको बैठकले संघीय संसदले पास गरेर पठाएको विधेयक प्रमाणीकरण नगर्नु असंवैधानिक भएको ठहर गरेको हो ।

संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक राष्ट्रपति विधादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन्।

पत्रकारसँग कुराकानी गर्दै कांग्रेस नेता रामहरी खतिवडाले राष्ट्रपतिले आफूसँग नभएको अधिकार प्रयोग गरेको टिप्पणी गरे । यसको असर भोलि के पर्छ भन्ने कुरा राष्ट्रपतिले बुझ्न पर्ने उनको भनाइ थियो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार