
काठमाडौं । नेकपा एमाले नेतृ गंगा थारूले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । शुक्रबार सामाजिक सञ्जालबाट उनले आफू स्वतन्त्र उमेदवार बने जनताको बिचमा आउन लागेको बताएका छन् ।
‘आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताका लागि म सधैँ लागि रहने छु । जनता भगवान हुन जनता नै सर्वोपरि हुन देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउँदै छु । हजुरहरूको साथ चाहिएको छ’, उनले फेसबुकमा लेखेकी छन् ।
उनी यसअघि दाङबाट समानुपातिक सांसद थिइन् । प्रतिनिधिसभा सदस्यका लागि उनको नाम दाङ १ बाट सिफारिस भएको थियो । उनीसहित रेवतीरमण शर्मा र शान्ता चौधरीको नाम पनि सिफारिस भएको थियो ।