कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

माओवादी अध्यक्ष दाहालको उम्मेदवारी दर्ता

गोरखा — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । दाहालले गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

दाहालले आइतबार गोरखा गएर उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि चितवन- ३ बाट उम्मेदवारी दिने चर्चा भए पनि दाहाल अन्तिम समयमा गोरखामा उम्मेदवार बन्न गएका हुन् । दाहालसँग उम्मेदवारी दर्ताका क्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गोरखा पुगेका छन् ।

२०६४ सालको संविधानसभा निर्वाचनमा रोल्पा र काठमाडौं १० बाट निर्वाचित भएका दाहाल २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा सिरहा ५ बाट निर्वाचित भएका थिए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा चितवन ३ बाट निर्वाचित दाहाल यो पटक भने गोरखा २ मा पुगेका हुन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार