कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

नागरिकता विवादबारे रविको जवाफ : अब जिउँदो छु भनेर पनि प्रमाणित गर् भन्ने छन्

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले नागरिकता विवादबारे घुमाउरो जवाफ दिएका छन्। 

चितवनको भरतपुरमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो जवाफ दिएका हुन्। 

‘अब म जिउँदो छु भनेर कुनै वडा मा दस्तुर बुझाएको हुनेछु। मैले  आमाबाबुको आँखाको आँसु पुछेर गलत गरेँ कि, गरिबलाई सहयोग गरेर गलत गरेँ कि, डुबानपीडितलाई सघाएर गलत गरेँ कि’, उनले भने, ‘त्यही कर्मका कारण हुन सक्छ, अब मलाई जिउँदो छु भन्ने पनि प्रमाण माग्नेछन्। तँ जिउँदो छस् भनेर पनि प्रमाणित गर् भन्नेछन्।’

उनले आफ्ना लागि भन्ने केही नरहेको बताए। ‘आफ्ना लागि भन्नुपर्ने केही पनि छैन। मलाई त देशबाटै निकाल्न खोजेका थिए’, उनले भने, ‘उनीहरु आज कहाँ लुकेका छन्। तर म हरेक जनताको घर घरमा पुग्छु।’

उनले चितवन २ मा पैसाको चलखेल भइरहेको बताए। ‘कृपया पैसाको बिटो आफ्नो खल्तीमा राख्नु होला, चलखेल नगर्नुहोला’, उनले भने, ‘खल्तीमा टेप लगाउनुस्, पैसाको बिटो लिएर मतदाता किन्ने प्रयास नगर्नुस्।’

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार