
झापा । झापाको निर्वाचन क्षेत्र नं.४ को प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का लालप्रसाद साँवा निर्वाचित भएका छन् ।
एमालेका प्रदेश कमिटीका सचिवालय सदस्यसमेत रहेका निवर्तमान् सांसद साँवाले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस झापाका सभापतिसमेत रहेका देउमान थेवेलाई ६ हजार ८६७ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।
एमालेका साँवाले २९ हजार ३१५ मत प्राप्त गर्दा कांग्रेसका थेवेले २२ हजार ४४८ मत प्राप्त गरेका छन् ।
झापा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले १४ हजार ६९ मत प्राप्त गरेका छन् ।