कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

राष्ट्रपतिलाई आयोगको प्रतिवेदन : यी हुन् प्रतिनिधि सभामा निर्वाचित २७५ सांसद

निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन–२०७९ को परिणामसहितको प्रतिवेदन बुझाएको छ।

आयोगले प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सदस्यको निर्वाचन सम्पन्न गरेर अन्तिम परिणाम राष्ट्रपति भण्डारीसमक्ष बुझाएको हो।

निर्वाचित सदस्यहरुको नामावली राजपत्रमा प्रकाशित भएपछि उनीहरूको शपथ ग्रहणको प्रक्रिया अघि बढ्ने छ। आयोगका अनुसार प्रतिनिधिसभामा निर्वाचित भएका सदस्यमध्ये ९१ जना महिला र  १८४ जना पुरुष छन्। 

जसमध्ये नेपाली कांग्रेसबाट ८९, नेकपा एमालेबाट ७८, नेकपा माओवादी केन्द्रबाट ३२, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २०, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाट १४, जनता समाजवादी पार्टी ९जसपा० बाट १२, नेकपा एकीकृत समाजवादीबाट १०, जनमत पार्टीबाट ६, लोकतान्त्रिक समाजवादी पार्टीबाट ४, नागरिक उन्मुक्ति पार्टीबाट ३, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चाबाट १/१ जना सदस्य निर्वाचित भएका छन्। यस्तै ५ जना स्वतन्त्र सांसद पनि निर्वाचित भएका छन्।  

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार