कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

सरकारको प्रवक्तामा विष्णु पौडेल, रवि लामिछाने मानेनन्

नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल सोमबार अर्थमन्त्रालयमा पदभार ग्रहणपछि निर्णय पुस्तिकामा हस्ताक्षर गर्नुहुँदै । तस्बिर :हरिराम भेटुवाल, रासस

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी समेत दिइएको छ । सोमबार साँझ बसेको पहिलो मन्त्रिपरिषद्ले पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।

सुरुमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी सम्हाल्न प्रस्ताव गरिए पनि उनले उक्त प्रस्ताव नमानेपछि पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार