कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने माधव नेपालको संकेत

 नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने संकेत गरेका छन् । उनले प्रधानमन्त्री प्रचण्डप्रति व्यक्तिगत रुपमा सकारात्मक धारणा रहेको प्रतिक्रिया दिए ।

आज (शुक्रबार) संसद् भवनमा बसेको सर्वदलीय बैठकबाट बाहिरिने क्रममा नेपालले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनेबारे भने पार्टीले कुनै निर्णय नगरेको जिकिर गरे ।

उनले भने,‘अब प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्ने सरकार कुन ढंगले अगाडि बढ्छ, त्यसअनुसार मात्र निर्णय लिनेछौं ।’ हामी विश्वासको मतबारे जम्मै पक्षको विश्लेषण गर्छौं । व्यक्तिगत रुपमा प्रचण्डजीप्रति सकारात्मक धारणा छ । सरकार कुन ढंगले अगाडि बढ्छ, यो हेरीकन टुंगो गर्छौं ।’

प्रधानमन्त्री दाहालले भने माधव नेपालसँगको भेटमा आफूलाई विश्वासको मत दिन प्रस्ताव राखेका छन् । त्यतिमात्रै नभएर दाहालले सरकारमा सहभागी हुन पनि नेपाललाइ आग्रह गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार