नेपालको अर्थतन्त्र मुठ्ठीभरका मान्छेहरुको हातमा जाँदैछ : विप्लव

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले नेपालको अर्थतन्त्र मुठ्ठीभरका मान्छेहरुको हातमा गइरहेको बताएका छन्। उनले काठमाडौंस्थित नाँचघरमा आज पत्रकार सम्मेलनमा बोल्दै नेपालको अर्थतन्त्र मुठ्ठीभरका मान्छेहरुको हातमा गइरहेको बताएका हुन्।

उनले ६३ सालपछि गणतन्त्र आएको र संघियता यावत कुराहरु गरिएको तर एकपछि अर्को वर्ष ठूलाठूला राजनीतिक र आर्थिक अस्थिरता र संकटतिर धकलिदैँ गएको बताउँदै भने, ‘सबै पार्टीका नेताहरुले आर्थिक संकट गहरिदैँ गएको ब्याख्या गरिराख्नु भएको छ र एउटा पार्टीले अर्को पार्टीलाई एउटा सरकारले अर्को सरकारलाई आरोप लगाएपनि सारमा यो केहो भन्दा नेपालको अर्थतन्त्र मुठ्ठीभरका मान्छेहरुको हातमा जाँदैछ।’

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent