कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

प्रदेश १ सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा बाट श्रीमाया आङबो खापुङ स्मृति सम्मान प्रदान

काठमाडौं आङबो सङजुम्भोको पाँचौ अन्तरास्ट्रीय सम्मेलन तथा प्रथम ऐतिहासिक महाधिबेशन आङबोहरुको उत्पति स्थान प्रदेश नं १ पाँचथर जिल्ला फालेलुङ -७ पापुङदेन, तिनसल्ले चोत्लुङ माङगेना यकमा हालै भब्य र सभ्यको साथ् हालै सम्पन भयो |

उद्घाटन समारोहमा प्रत्येक वर्ष बृद्ध बृद्धा लाई नगद सम्मान सहित प्रदान गरिने स्वर्गीय क्याप्टेन दल बहादुर खापुङको श्रीमती स्वर्गीय श्री माया आङबो खापुङको नाममा स्थापित श्रीमाया आङबो खापुङ स्मृति सम्मान कार्यक्रमका प्रमुख अतिथि प्रदेश–१, सरकारका स्वास्थ्यमन्त्री निर्मला तावाले तेज बहादुर आङबो कृष्ण माया आङबो इम्बुङ बुद्ध माया जबेगु आङबो बिक्रम आङबो लाई प्रदान गर्नु भयो |

स्वर्गीय श्री माया आङबो खापुङको जेठा छोरा समाजसेवी काजिमान खापुङले आफ्नी ममतामयी आमाको स्मृति र सम्मानमा स्थापना गर्नु भएको हो |

हरेक बर्ष आङबो सङजुम्भोको बिशेष कार्यक्रममा चार जना बृद्ध बृद्धा सम्मान र प्रमाण पत्र सहित जनही ५ हजार को दरले बिस हजार श्रीमाया आङबो खापुङ स्मृति सम्मान प्रदान गर्ने गरिन्छ |

कार्यक्रममा आङबो सङजुम्भोको अध्यक्ष आइन्द्र आङबो ले श्रीमाया आङबो खापुङ स्मृति सम्मानको बारेमा प्रस्ट पार्दै स्व सुबेदार चन्द्र बहादुर आङबोको साइली श्रीमाया आङबो खापुङलाई स्मरण गर्दै उहाको समाजसेवी र सहयोगी भावनाको बारेमा चर्चा गर्दै उहाको व्यक्तित्वको उच्च सम्मान गर्दै स्वर्गीय श्री माया आङबो खापुङको जेठा छोरा समाजसेवी काजिमान खापुङ लाई धन्यबाद समेत दिनुभएको थियो |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार