दोस्रो याक्थुङ ज्ञान महोत्सव भव्यताका साथ् सम्पन्न

काठमाडौं दोस्रो याक्थुङ ज्ञान महोत्सव २०७९ भव्यताका साथ् सम्पन भएको छ । शिवसताक्षी नगरपालिका-८, वाटर किङ्डम पार्क एण्ड रिसोर्ट झिलझिले झापामा सुरु भएको महोत्सव लाई किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले च्याबुङ बजाएर उद्घाटन गर्नु भएको थियो । ‘बौदिक ज्ञान आदान प्रदान र पुस्तान्तणका लागि’ भन्ने नाराका साथ याक्थुङ युवा मञ्च केन्दिय कार्य समितिको आयोजना र याक्थुङ युवा मञ्च झापा जिल्लाको व्यवस्थापनमा महोत्सब आयोजना भएको हो । आज(दोस्रो दिन) ‘लिम्बु चलचित्रको अवस्था शिर्षक’मा सागर केरुङ, ‘याक्थुङ भाषा लिपि’ शिर्षकमा डा.बीएल खाम्दाक, ‘लिम्बु भाषाको अवस्था, सम्भावना र चुनैतिहरु’ शिर्षकमा प्राज्ञ हरिचन्द्र लावती, ‘सिक्किममा लिम्बु भाषा उच्च शिक्षा’ शिर्षकमा आशबहादुर मुलिङलाको प्रस्तुति रहेका थियो ।

‘लिम्बुवान आन्दोलन’ शिर्षकमा प्रस्तोता राम मादेन तथा’ बत्ताहरु कुमार लिङदेन, खगेन्द्र माखिम, भवानी बराल र नन्द कन्दङवाले बहस गरेका थिए । ‘प्रथाजनिक भूमि अधिकार’ शिर्षकमा नन्द कन्दङवा, याक्थुङबा, किरात, लिम्बु हामी को हौं ?’ शिर्षकमा अर्जुनबाबु माबुहाङ, ‘सिक्किममा याक्थुङ मुन्धुमको अभ्यास’ शिर्षकमा डा. बीएल खाम्दाक, ‘याक्थुङ मुन्धुम, भाषा र संस्कृतिले दर्शाउने लिम्बु तथा लिम्बुवानी पहिचान’ शिर्षकमा डीबी आङबुङको प्रस्तुति हरेको थियो ।

उद्घाटन सत्रपछि बालकृष्ण माबुहाङले ‘उच्च शिक्षामा लिम्बु समुदाय’ शिर्षकमा मुख्य प्रवचन व्यक्त गरे । त्यसपछि ‘मुक्कुम्लुङमा संरक्षण र अतिक्रमण’ शिर्षकमा राम मादेन, ‘याक्थुङ स्थान’ नाम शिर्षकमा प्राज्ञ दिलेन्द्र कुरुम्बाङ, ‘लिम्बु लोक संस्कृति’ शिर्षकमा मधु केरुङ, ‘लिम्बु मौलिक भेषभुष र सौन्दर्यता’ शिर्षकमा विक्रम फागोको प्रस्तुति रहेको थियो । यसगरी ‘लिम्बु महिलाको सहभागिता र पहुँच’ शिर्षकमा टंक माया तिगेला, ‘लिम्बु समाजमा युवाहरुको उदरदायित्व’ शिर्षकमा सन्ध्या सुब्बाको प्रस्तुति रहेको थियो भने ‘मुन्धुम मन्थन’ शिर्षकमा जितेन पन्धाक प्रस्तोता र पदम चेन्जी मावो, हरि हुक्पा चोङबाङ र डीबी आङबुङ बक्ताहरु रहेको थियो ।

समाजको विविध पक्षको ज्ञानहरु युवा पुस्तामा पुस्तान्तरण गर्न प्रयास र अभ्यास गर्ने, साझा विषयमा बौद्धिक छलफल, बहस, प्रस्तुति र दस्तावेजिकरण गन, विश्वव्यापी रुपमा रहेको लिम्बू समाजको बारे साधन, स्रोत, ज्ञान, सूचना र अनुभवहरु आदान-प्रदान गर्दै युवापुस्तालाई प्रोत्साहित गर्न प्रयत्न गर्ने, सामाजिक, आर्थिक, राजनीतिक विषयवस्तुमा समीक्षा, वैचारिक मन्थन गर्ने र युवा पुस्तामा जागरण सिर्जना गर्ने उद्देश्यको साथ महोत्सबको आयोजना गरेको मञ्चले जनाएको छ ।
ज्ञान महोत्सवले विशेष गरी युवा पुस्तालाई आफ्नो मौलिकता चिनाउन र बुझाउन मद्दत गर्ने साथै बौद्धिक ज्ञान पुस्तान्तरणका लागि सहयोग पुर्‍याउने याक्थुङ युवा मञ्चका अध्यक्ष प्रज्ञा इजम बताइन् । महोत्सवको अनुमानित खर्च चार लाख रूपैयाँ रहने आयोजकले जनाएको छ ।
यस अघि याक्थुङ युवा मञ्चले २०७६ साल जेठ २४ र २५ गते काठमाण्डौंमा प्रथम याक्थुङ ज्ञान महोत्सवको आयोजना गरेको थियो । सेवारो पोस्ट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार