कोशी प्रदेश नामकरण प्रति याक्थुङ युवा मञ्च केन्द्रीय कार्यसमितीको आपति

काठमाडौं । याक्थुङ युवा मञ्च केन्द्रीय कार्यसमितिले प्रदेश – १ को नाम ‘कोशी’ राखेकोमा घोर आपत्ति जनाउँदै आन्दोलनको चेतावनी दिएको छ ।

एक विज्ञप्ति जारी गर्दै मञ्चले नामकरणमा लिम्बुवान र किरात खम्बुवान क्षेत्रको ऐतिहासिक पृष्टभूमी रहेको कल्ष्टरमा निर्मित – १ नं प्रदेश सरकारले कुनै बहस र छलफल नगरिकन चोरी दाउमा कोशी प्रदेश नाम पारित गरेको आरोप लगाएको छ ।

त्यस्तैगरी प्रदेश – १ को नाम साझा पहिचानको आधारमा ‘लिम्बुवान, किरात’ नाम राख्नुपर्दछ भन्ने धारणा राख्दै पटक –पटक सङ्घर्षको कार्यक्रमहरु गर्दै आइरहेको पनि स्मरण गराएको छ । उक्त आन्दोलनलाई नजरअन्दाज गर्दै कोशी नाम राख्नु त्यहाँका बासिन्दाको मर्म र भावनाविपरित हुने मञ्चको ठम्याइ छ ।

‘साझा पहिचानको आधारमा ‘लिम्बुवान, किरात’ नाम राख्नुपर्दछ भन्ने धारणा राख्दै पटक पटक सङ्घर्षको कार्यक्रमहरु गर्दै आइरहेको छौं । तर यी आन्दोलन र सहमतिहरुको मर्म र भावनाविपरित कोशी प्रदेश नामकरण गरिएकोमा हामी असहमति जाहेर गर्दै घोर विरोध जनाउँदछौँ । र संसोधन सहित साझा पहिचानको आधारमा ‘लिम्बुवान, किरात’ नामकरण गर्न आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।

याक्थुङ युवा मञ्चको महासचिव मनेश आङबो कोशी प्रदेश नामकरण प्रति बिरोध जनाउदै आफ्नो भनाइ यसरि राख्नु हुन्छ | आज एक नम्बर प्रदेशको सम्पुर्ण पहिचानबादी शक्तिहरु एकै ठाउँमा उभिएका छौ संघीयता पहिचान र समाबेशिताको आधारमा प्रदेशको नामकरण नहुनु भनेको सिङ्गो एक नम्बर न्यायप्रेमी अस्तित्व प्रेमी पहिचान प्रेमि जनसंख्यामाथी हस्तक्षेप हो कोशी प्रदेश नामकरण गरेर एक नम्बर प्रदेश सरकारले शारा पहिचान र अस्तित्व माथी एउटा आगोको झिल्लो थप्ने काम गरेको छ तत्कालै नसच्याए यस्ले ठुलो ज्वाला ल्याउने छ प्रदेशको नाम पहिचान समाबेशि र अस्तित्वको आधारमा हुन पर्छ।

त्यस्तै पहिचानमा आधारित प्रदेशहरुको निर्माण गर्न संविधानसभाको विषयगत समिति र राज्य पुनःसंरचना उच्चस्तरीय आयोगबाट सिफारिस भए बमोजिमका प्रदेशहरु सुनिश्चित हुनुपर्ने भएपनि प्रदेश सरकारले सोको बेवास्ता गरेको मञ्चको आरोप छ ।

प्रदेश सरकारको यो कदमलाई केन्द्रीकृत एकात्मकवादी चिन्तनका धङ्धङीहरु झल्कने गरी पञ्चायती शैली भएको मञ्चको ठम्याइ छ ।

‘केन्द्रीकृत एकात्मकवादी चिन्तनका धङ्धङीहरु झल्कने गरी पञ्चायती शैलीमा जवरजस्ती ढङ्गले एकल पहाडे हिन्दु ब्राह्मण पहिचानमा आधारित प्रदेशहरुको नामाकरण गरिरहेको समयमा हामीले खेद व्यक्त गर्दै विरोध जनाएका छौं,’ विज्ञप्तिमा भनिएको छ ।

‘प्रदेश २ लाई मधेश घोषणा गरेसँगै प्रदेश – १ को नाम पनि पहिचानको आधारमा ‘लिम्बुवान, किरात’ नाम राख्नुपर्दछ भनी प्रदेश क्षेत्रमा रहेको सरोकारवालाले ऐतिहासिक पुष्टभूमीको आधारमा प्रदेशको नामकरण हुने आशा सहित संयुक्त रुपमा माग राख्दै आएका थियौँ तर कुनै आवश्यक बहस र छलफल नगरी पञ्चायती शैलीमा नाम घोषणा गरिएकोमा हामी घोर विरोध जनाउँदछौँ,’ विज्ञप्तिमा थप भनिएको छ, ‘ कोशी एकल पहाडे हिन्दु ब्राह्मण पहिचानमा आधारित, एकल जातीय शासकीय संकीर्णतामा आधारित प्रदेश हो । तसर्थ सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विविद्यता र सबैको आत्मसम्मान गर्न सक्ने ऐतिहासिक पृष्टभूमीको आधारमा नाम संसोधन गरी ‘लिम्बुवान, किरातु नामकरण गर्न माग गर्दछौँ । र यस क्षेत्रका न्यायप्रेमी आमजनसमुदायमा ‘लिम्बुवान, किरात’ नामकरण आन्दोलनमा सशक्त रुपमा उत्रिन्नको लागि हार्दिक अपील गर्दछौँ ।

(विज्ञप्ति)

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार