कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

बीर सहिद पदम लिम्बु लाजेहाङ प्रति समर्पित गीत लोकप्रिय हुदै

दर्जनौ चर्चित गीतहरु गाएर नेपाली सांगीतिक क्षेत्रमा आफनै छुट्टै पहिचान बनाउन सफल गायक संगम लिम्बु र बेजोड आवाजको धनि गायिका कौशिला लिम्बुको समधुर स्वर रहेको बीर सहिद पदम लिम्बु लाजेहाङ प्रति समर्पित गीत किरात लिम्बुवान जिन्दाबाद लोकप्रिय हुदै गइरहेको छ |

उक्त गीतमा कोशी प्रदेश नामकरण प्रति असहमति राख्नु हुने पहिचानबादीहरु असन्तुष्टि,प्रस्टै रुपमा झल्किन्छ | आन्दोलनको क्रममा मृत्यु हुनुभएका बिर सहिद पदम लिम्बु लाजेहाङ लाई हालै नेपाल सरकारले सहिद घोषणा गरि सकेको छ |

लाजेहाङ प्रति समर्पित गीत लाई गायक गायिकाले न्याय दिएर गाउनु भएको छ | उक्त गीतमा गायक संगम लिम्बु कै शब्द संगीत रहेको छ भने एरेन्ज धनु ग्याङमिको रहेकोछ | लाजेहाङ प्रति समर्पित गीत किरात लिम्बुवान जिन्दाबाद गत हप्ता संगम लिम्बु युटुब च्यानल बाट सार्वजनिक गरिएको छ |

भिडियो हेर्नुहोस !!

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार