विराटनगरमा पहिचान पक्षधर र प्रहरीबीच झडप : प्रहरीद्वारा अश्रुग्यार र लाठ्ठी प्रहार

विराटनगर । कोशी प्रदेशको विराटनगरमा पहिचान पक्षधर र प्रहरीको झडपले स्थिति तनावग्रस्त बनेको छ ।
पदम लिम्बूको शवलाई शहर प्ररिक्रमा गराउने क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । पदमको शवलाई बजार परिक्रमा गराउने क्रममा निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर प्रहरीले आवतजावतमा रोक लगाएपछि झडप भएको हो ।

Jhadap 1

आन्दोलनरत पक्षले निषेधित क्षेत्र तोडेपछि झडप भएको प्रहरीले बताएको छ । मुख्यमन्त्री कार्यालयदेखि २०० मिटर उत्तरमा पर्ने सडकमा झडप हुँदा प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको छ । लाजेहाङको अन्त्येष्टि गर्नुअघि धरानमा, इटहरी, विराटनगरको रोडशेष चोकमा श्रद्धाञ्जली अर्पण तथा श्रद्धाञ्जली सभा गर्ने र कोशी प्रदेशसभा भवन परिक्रमा गराउने उनीहरुको कार्यक्रम थियो। सोही क्रममा झडप भएको हो ।

lajehang

प्रहरीले दर्जनौं सेल अश्रृग्यास प्रहार गरेको छ । प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा गरिरहेका छन् । पहिचान पक्षधरले कोशी नाम खारेजको माग गर्दै गत चैत ५ गते विराटनगरमा गरेको बृहत् प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । सोही झडपमा परी लाजेहाङको टाउकोमा चोट लागेको थियो । टाउकोमा चोट लागेका उनलाई चैत ८ गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिए पनि १० गते उनको मृत्यु भएको थियो । सरकारले उनलाई शहीद घोषणा गरेपछि बल्ल आज उनको अन्त्येष्टी गर्न लागिएको हो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार