ओलीलाई पूर्वराजाको जवाफ : आस्था र मयार्दामा आँच नपुर्‍याइयोस्

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आस्था र मर्यादामा आँच नपुर्‍याउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको तर्फबाट संवाद सचिव फणि पाठकले शुक्रबार जारी गरेको वक्तव्यमा निराधार र कपोकल्पित भ्रमजालबाट मुक्त रहन तथा आस्था र मर्यादामा आँच नपुर्‍याउन आग्रह गरिएको छ । 

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले बिहीबार इलाममा आयोजित कार्यक्रममा झापामा आफूमाथि आक्रमण हुँदा हिमानी शाहले जनताले ढुंगा हानेको भनेर ट्वीट गरेको दाबी गरेका थिए ।  

आक्रोश पोख्दै  ओलीले भनेका थिए, ‘ज्ञानेन्द्र शाह उसको परिवार । उनको बुहारी जान्ने भएर जनताले ढुंगा होनेको देखिन् । ट्वीट गरिगरिकन जनताले केपी ओलीलाई ढुंगा हान्यो रे  । मैले यसको जवाफ दिनु नपरोस् बर्ता फुरफुर नगर । बर्ता फुरफुर गने होइन ।  हामीले हिसाब किताब नगरेरै छाडेका छौँ । हाम्रा मान्छे गोली हानेर मार्दा छाडेका छौँ । अनेक हिसाबकिताब गरेका छैनौँ । हिसाब किताब गर्न सुरु गर्न नपरोस् । छोराबुहारी अगाडि सारेर फुरफुर नगर !’

Capture

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार