निर्वाचन आयोग निर्णयविरुद्ध रास्वपाका चार सांसद पुगे अदालत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध उच्च अदालत पाटन पुगेका छन् । चुनाव खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई निर्वाचन आयोगले १५ हजार जरिवाना भराउने निर्णय गरेपछि रास्वपाका सांसदहरू अदालत पुगेका हुन् ।

सांसदहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, गणेश पराजुली र सोबिता गौतम आइतबार रिट लिएर उच्च अदालत पाटन पुगेका छन् । रिट दायर भने भइसकेको छैन । रिट अध्ययनको प्रक्रियामा छ । निर्वाचन आयोगले हालै गत मंसिरमा भएको चुनावको खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूको विवरण सार्वजनिक गरेको थियो ।

त्यसमा रास्वपाका श्रेष्ठ, खनाल, पराजुली र गौतमको पनि नाम थियो । आयोगले उम्मेदवारको सूची सार्वजनिक गरेपछि कांग्रेस केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री एनपी साउद र कांग्रेस महामन्त्री गगन थापाले १५ हजार रुपैयाँ जरिवाना तिरेर खर्च विवरण सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार