कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

राप्रपा कार्यालयमा तनाव : बालेनको डोजर रोक्न तेर्स्याइयो गाडी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालय खाली गराउन काठमाडौं महानगरपालिकाले दिएको समय सीमा कटेपछि आज कामनपाले सो कार्यालय रहेको भवन भत्काउने तयारी गरेको छ ।

तीन दिनको समय दिएर शुक्रबारै माइकिङ गरिएको भए पनि राप्रपाले भवन खाली गराएको थिएन । कामनपाको टोली आज डोजरसहित जान लागेको हो । तर महानगरपालिकाको टोलीलाइ रोक्न धुम्बाराहीस्थित राप्रपा कार्यालय जाने बाटोमा गाडीहरु तेस्र्याएर अवरोध गरिएको छ ।

महानगरको डोजर आउने तयारी भएपनि आज राप्रपा कार्यालयमा तनाव देखिएको छ । राप्रपा कार्यकर्ताले कार्यालय जाने बाटोमा कारलाइ तेर्स्याइएर बाटो बन्द गरेका छन् । राप्रपा कार्यालय रहेको घर हाइटेन्सनमुनि निर्माण भएकाले कामनपाले भत्काउन लागेको हो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार