कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुस्ताङको कागबेनीमा बाढीले ३१ घर बगायो, स्थानीयलाई सेनाको टोलीले सार्यो

कागबेनी क्षेत्रमा बाढीबाट क्षति भएको बस्ती। तस्बिर : नेपाली सेना

मस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनी बजारमा बाढीले ३१ घर बगाएको छ। 

कागखोलामा आइतबार बेलुका आएको बाढीले बजार पूरै जलमग्न भएको नोपाली सेनाका प्रवक्ता सहायक रथी कृष्ण प्रसाद भण्डारीले जानकारी दिए। 

बाढीपछि स्थानीय बासिन्दालाई नेपाली सेना र अन्य सुरक्षाकर्मीले करिब ५०० मिटरमाथि सुरक्षित क्षेत्रमा सारेका छन्। 

हालसम्म यो क्षेत्रमा बाढीले कागबेनी, लोमान्थाङ जाने एउटा पक्की पुल र एउटा काठेपुल बगाएको छ। 

वारागुङ्ग मुक्तिक्षेत्र गाउपालिकाको मुक्तिनाथबाट झर्ने कागखोलामा आएको लेदोसहितको बाढीले हालसम्म मानवीय क्षति नभएको सेनाले जनाएको छ। 

बाढीले कागबेनी बस्तीमा ३१ वटा घर तथा होटल बगाएको छ। यस्तै जोमसोम-कोरोला सडकको पक्की पुल, झोलुङ्गे पुल, २ वटा गाडी र ३ वटा विद्युतीय पोल बगाएको छ।

जोमसोमस्थित नारायणदल गणबाट बिहानैदेखि ४५ जनाको फौज त्यस क्षेत्रमा खटाइएको छ। 

बाढीग्रस्त सबै क्षेत्रमा पुग्न कठिनाई भएका कारण एकिन तथ्यांक संकलन गर्न नसकिएको पवक्ता भण्डारीले बताए। नेपाल खबर

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार