कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

गालेको सुन जम्मा ६० किलो ७१६ ग्राम, ३४ वटा बिस्कुट आकारमा बनाइयो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले गालेको छ।

महाशाखाले ब्रेक शुबाट सोमबार निकालिएको सुन मंगलबार गालेको हो।

तौलिएपछि उक्त सुन ६० किलो ७ सय १६ ग्राम भएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए। 

सोमबार ब्रेक शुबाट निकालेर तौलिँदा उक्त सुन ६० किलो ७ सय ८९ ग्राम थियो। अहिले सुन गालेर ३४ वटा ‘बिस्कुट’ बनाएको उनले बताए। 

सुन गाल्दा थोरै मात्रै जर्ती निस्किएको छ। ७३ ग्राम जर्ती निस्किएको उनले बताए।

अब महाशाखाले यसको गुणस्तर परीक्षण गर्नेछ। ३ दिनभित्र गुणस्तर परीक्षण गरिसक्ने महाशाखाले बताएको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महाशाखालाई पत्र लेखेपछि सुन जोखिएको थियो।

राजश्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन रहेको ब्रेक शु विमानस्थल बाहिरबाट बरामद गरेको थियो।

सुन जोख्नको लागि विभागले महाशाखामा साउन ४ गते पठाएको थियो।

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार