कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक सुरु,  गएनन् ओली

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । बैठकमा अध्यक्ष ओली नगए पनि एमालेका तर्फबाट उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी सहभागी भएका छन् । 

ओली कार्यव्यस्तताका कारण अनु्पस्थित भएको एमाले नेताहरुले बताएका छन् ।  बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति समेत रहेका पूर्णबहादुर खड्का सहभागी छन् ।

त्यसैगरी माओवादी केन्द्रबाट अध्यक्ष समेत रहेका प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् ।

त्यसैगरी रास्वपाका अध्यक्ष रवि लामिछाने र सन्तोष परियार, राप्रपाका राजेन्द्र लिङदेन तथा जनतमतकी अनितादेवी रहेका छन् । 

नेकपा एमालेले तस्करीको बरामद सुनबारे छानविनका लागि उच्चस्तरीय आयोग गठनको माग गर्दै लगातार सदन अवरुद्ध गरेपछि प्रधानमन्त्रीले राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुसँग छलफल गरेका हुन् । रातोपाटि

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार