टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई प्राधिकरणको पत्र

काठमाडौं, २७ कात्तिक । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न पत्राचार गरेको छ । सरकारले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेलगत्तै दूरसञ्चारले सरकारको निर्देशन बमोजिम इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेको हो । प्राधिकरणले नेपाल टेलिकम र एनसेललाई पनि टिकटक बन्द गर्न पत्राचार गरेको छ ।

आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको थियो । सामाजिक सद्भाव खलबल्याउने प्रकृतिका सामाग्रीहरु टिकटकमाफर्त व्यापक सम्प्रेषण हुन थालेपछि उक्त विषय सरकारको टाउको दुखाई बनेको थियो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार