बिमानस्थल सुरक्षा प्रमुख ठकुरीले दिए राजीनामा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा कार्यालयका प्रमुखले राजीनामा दिएका छन् । बिमानस्थलका प्रमुखसमेत रहेका नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीले राजीनामा दिएका हुन् ।

गत बैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका ठकुरीले १० महिना पुरा गरेर राजीनामा दिएका हुन् । तर, उनले किन राजीनामा दिए ? भन्ने बारेमा कुनै कारण खुलिसकेको छैन् । पछिल्लो समयमा बढदो सुन तस्करी तथा प्रहरी र अध्यागमन कर्मचारीका बिचमा भइरहेका असहमति र बिबाद देखा परेको थियो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार