विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डको प्रसन्नता

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत लिएका हुन् ।

प्रतिनिधि सभामा उपस्थित २६८ सांसदमध्ये विश्वासको मतको पक्षमा १५७, विपक्षमा ११० सांसदले मतदान गरे । एक सांसद तटस्थ रहे ।

आफू प्रधानमन्त्रीमा नियुक्त भएसँग प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक प्रतिनिधि सभाबाट विश्वासको मत लिएका हुन् । विश्वासको मत पाएसँगै उनी प्रसन्न मुद्रामा देखिएका थिए । 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार