कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मेलम्चीको पाइप फुट्दा डुवानमा पर्‍यो बबरमहल, तस्बिरमा हेर्नुहोस्

काठमाडौं । काठमाडौंको बबरमहल क्षेत्र डुवानमा परेको छ । मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र डुवानमा परेको हो । दिउँसो २ बजे आसपासमा पाइप फुटेपछि बबरमहलको जिल्ला अदालत,विषेश अदालत परिसर डुवानमा परेको हो ।

यस्तै, विशेष अदालत र काठमाडौं जिल्ला अदालतको पुरानो भवनको भुइँतला पानीले डुबाएको छ । बाढीका कारण विशेष अदालतको प्रशासनिक भवनको भुइँतला जलमग्न भएको छ ।

सरकारी भवनमा पानी जमेपछि त्यहाँ अलपत्र परेका कर्मचारी र सर्वसाधारणको उद्धार गरिएको छ।  त्यस्तै महत्त्वपूर्ण कागजात पनि सुरक्षित स्थानमा सारिएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार