
बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमाले सहकार्य लामो नजाने दाबी गरेका छन् । उनले अहिलेको सरकारप्रति जनता चरम असन्तुष्ट रहेको भन्दै सरकार लामो नजाने दोहोर्याएका हुन् ।
यसअघि काठमाडौंमै पत्रकार जगदिश खरेलसँगको टिभी अन्तर्वार्तामा र चैत्र ३१ गते चितवनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार लामो नजाने दाबी गरेका हुन् । आज (मंगलबार) नवलपरासीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममापनि सरकारको विषयमा कांग्रेस र एमालेभित्रै असन्तुष्टि बढेको दाबी गर्दै यस्तो जिकिर गरेका हुन् ।
उनले आफू कांग्रेस र एमालेका नेताहरुसँग निरन्तर सम्वादमा रहेको पनि खुलाएका छन् । उनले अहिलेको सरकारलाई कांग्रेसका नेता तथा कार्यकर्तापनि असन्तुष्ट रहेको सुनाए । कांग्रेसमात्रै नभएर एमालेको ठूलो पँक्तिपनि वर्तमान सरकारबाट सन्तुष्ट नभएको भन्दै त्यही आधारमा आफूले यो सरकार धेरै लामो नजाने भनेर टिप्पणी गरेको पनि खुलासा गरे ।