
काठमाडौं, ४ असोज । हामी नेपालका संयोजक सुदन गुरूङले हिजो शितलनिवासमा आयोजित संविधान दिवसको कार्यक्रममा सरिक भएको विषयमा उठेको प्रश्नहरुको जवाफ दिएका छन् । उनले आफू उत्सव मनाउनको लागि शीतलनिवास नगएको प्रष्टीकरण दिए ।
उनले आफूलाई निम्तो आउँदा सुरुमा नजाने भनेको भएपनि त्यहाँ नेताहरुपनि आउने थाहा पाएपछि नेताहरुले शीर ठाडो नपारुन् भनेर आफू गएको स्पष्ट पारे । शीतलनिवासमा आफूले कसैसँग पनि सँगै नउभिएको र कुर्सीमा समेत नबसेको उनको भनाई छ ।
उनले भने,‘सबै जनाको दिमागमा आईरहेको छ कि म त्यहाँ सेलिब्रेट गर्न किन गएको भनेर, म सेलिब्रेट गर्न गएको होईन। मलाई त्यहाँ सेलिब्रेट गर्नुपनि छैन । म सुरुमा त्यहाँ जादिनँ नै भनेको थिएँ । तर, नेता–सेता सबै आउँछ भनेपछि यिनीहरु त्यहाँ शीर उचालेर हिँड्छ भनेर म त्यहाँ गएको हो । म त्यहाँ एउटा नेतासँग पनि बस्दापनि बसिनँ । कुर्सीमा म कोहीसँग पनि बसिनँ, म उभिएर पानीमा रुझेर बसेको थिएँ । पानी र चिया खानु भनेको थिए, मैले त्यो पनि खाईनँ ।



