
काठमाडौँ– संगीतकार क्षितिज कुलुङद्वारा लिखित ‘म्युजिक एजुकेसन बुक’ नामक पुस्तकको एक भब्य कार्यक्रम सहित विमोचन गरिएको छ। ओशिन कला केन्द्रको हलमा आयोजित एक विशेष समारोहका बीच उक्त पुस्तक सार्वजनिक गरिएको हो।
कार्यक्रममा एभरेस्ट बुद्ध जन्मभूमिका संयोजकसमेत रहेका प्रमुख अतिथि रोशन थामी, वरिष्ठ अतिथि कवि शशि लुमुम्बु तथा विशेष अतिथि संगीतविद् राजु गुरुङको उपस्थिति रहेको थियो। यसैगरी समारोहमा गायिका तथा संगीतकार अनिता कुलुङ, संगीतकर्मीहरू माधव प्रधान, सूर्य कुलुङ, धिरज राई तथा श्याम कुलुङ लगायतको सहभागिता थियो।

सार्वजनिक गरिएको पुस्तक संगीत सिकाउने उद्देश्यले तयार पारिएको एक सहयोगी सामग्री हो। यस पुस्तकमा भोकल (गायन)का साथै गिटार, पियानो, मादल र हार्मोनियमको आधारभूत कोर्स समावेश गरिएको छ। यो कोर्स विशेष गरी दोस्रो वर्षसम्मका संगीतका विद्यार्थीहरूका लागि उपयोगी हुने गरी तयार पारिएको लेखक कुलुङले जानकारी दिए। उकेरा बाट



