
निर्देशक किशोर सुब्बा प्रबन्धक निर्देशक रहेको जेपिजे इन्टरटेनमेन्ट अमेरिका पछिल्लो समय साङ्गीतिक गतिविधिमा सक्रिय बन्दै गएको छ । यही क्रममा जेपिजे इन्टरटेनमेन्टको संयोजनमा तयार गरिएको समधुर स्वरकी धनि तपस्या राईको स्वरमा ‘मायामा टेन्शन भो’ बोलको नयाँ रोमान्टिक गीतको रेकर्डिङ कार्य सम्पन्न भएको छ ।
गीतमा दीपेन्द्र खड्काको शब्द, विकास चौधरीको सङ्गीत तथा गायिका तपस्या राईको स्वर रहेको छ । गीतको एरेन्जमेन्ट मदन केसीले गर्नुभएको हो ।
उक्त गीतको म्युजिक भिडियो निर्माणको जिम्मेवारी बरिष्ठ चलचित्र निर्देशक तथा निर्माता किशोर सुब्बाले सम्हाल्नु भएको छ । अनुभवी स्रष्टाहरूको सहभागिताले गीत र भिडियो दुवै उत्कृष्ट बन्ने अपेक्षा गरिएको छ ।
छिट्टै सार्वजनिक हुने तयारीमा रहेको यस गीतले नेपाली सांगीतिक बजारमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ ।



