
काठमाडौँ : सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समिति गठन गरेका छन् ।
संसद् बैठक सञ्चालनका लागि आवश्यक परामर्श दिने उद्देश्यले यस्तो समिति गठन गर्ने प्रचलन रहेको छ। समितिले संसदका कामकारबाही सञ्चालन, समय व्यवस्थापन लगायत विषयमा छलफल गरी सभामुखलाई सुझाव दिने गर्दछ।
कार्यव्यवस्था परामर्श समितिको बैठक सभामुखको अध्यक्षतामा बस्ने व्यवस्था छ। समितिमा उपसभामुख र कानुन मन्त्री पदेन सदस्य रहने प्रावधान रहेको छ।
सदस्यहरू :-
अच्युतम लामिछाने, अपसना बानु, आरेन राई, केपी खनाल, कामिनी चौधरी, क्रान्तिशिखा धिताल, खुश्बु ओली, गणेश सिंह ठगुन्ना, गुरुप्रसाद बराल, गंगालक्ष्मी अवाल, तपेश्वर यादव, देवराज पाठक, नरेन्द्रकुमार केरुङ, प्रकाशचन्द्र परियार, निशा डाँगी, बोधनारायण श्रेष्ठ, मिनाकुमारी यादव, युवराज दुलाल, राजन गौतम, डाक्टर राम लामा, विपिनकुमार आचार्य



