कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

बाघ मार्न छट्की थाप्दै गरेका थारु पक्राउ

गुलरिया : अ बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित भादा उपभोक्ता समितिअन्र्तगत दुद्धा सामुदायिक बनमा बाघको शिकारका लागि प्रयोग हुने छट्की राख्दै गरेको अवस्थामा बारबर्दिया नगरपालिका- ८ का ४३ वर्षीय अतवारी थारु पक्राउ परेका हुन्।

छट्की राख्ने क्रममा पक्राउ परेका थारुबारे अनुसन्धान भैरहेको बर्दिया राष्ट्रिय निकुञ्जका अनुसन्धान अधिकारी रेन्जर सरोज खड्काले बताए।

बर्दिया राष्ट्रिय निकुञ्ज, चोरीशिकार नियन्त्रण युवा परिचालन अभियानका युवालगायत सामुदायिक बनका युवाको टोलीले थारुलाई पक्राउ गर्न सफल भएको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान बर्दियाका अध्यक्ष हेमन्त आचार्यले बताए । उनले भने,’ बाघ मार्ने ठूलो छट्की धरापका रुपमा राख्दै गर्दा शुक्रबा थारु पक्राउ परेका हुन्। शिकारीले बाघ मार्नको लागि ठूलो छट्की वा विषको प्रयोग हुँदै आएको आचार्य बताए।

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |