कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

बालाजुमा टिपरको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते

काठमाडौँ, १३ पुस । बालाजु बाइपासमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

आज बिहान ६ बजेतिर मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै गरेको ना ७ ख ७००५ नम्बरको टिपरले ठक्कर दिँदा ५८ वर्षीय दलबहादुर विसङ्खेको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख जे जङ्ग कार्कीले माटो बोकेर हिँडेको टिपर भित्तामा पल्टिँदा चिया बेच्ने विसङ्खे र उनका श्रीमतीलाई थिचेर घाइते भएकामा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा विसङ्खेको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

घाइते विसङ्खेको श्रीमतीको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |