कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

हिउँदे वर्षा औसत भन्दा बढी, आज पनि देशका केही ठाउँमा भारी वर्षा हुने

यस वर्ष हिउँदे वर्षा औसतभन्दा बढी भएको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको कारण यस वर्ष हिउँदे वर्षा काठमाडौँलगायत अधिकांश ठाउँमा अघिल्ला केही वर्षभन्दा बढी भएको जनाएको छ ।

जनवरी महिनामा काठमाडौँमा हुने १४ दशमलव ४ मिलिमिटरसम्मको वर्षालाई औषत वर्षा मानिएको छ । तर यस वर्ष जनवरीमा मात्रै १९ दशमलव ४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव शुक्रबार पनि देशभर पर्नेछ । शुक्रबार राति पनि केही पहाडी भू–भागमा भारी वर्षाको सम्भावना देखिएको जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |