कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

जनकपुरमा बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको पुष्टि

काठमाडौं । धनुषाको मिथिला नगरपालिकामा बिहीबार आधा शरीर जलेको अवस्थामा फेला परेकी बालिकाको सामूहिक बलात्कार भएको पुष्टि भएको छ ।

प्रदेश २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, धनुषाले गरेको अनुसन्धानका क्रममा ११ वर्षीया बालिका दुतिया रैसेलीको सामूहिक बलात्कारपछि हत्या भएको खुलेको हो ।

प्रदेश प्रहरी कार्यालयका एक उच्च अधिकारीका अनुसार घटनामा संलग्न एक आरोपीलाई समेत नियन्त्रणमा लिइसकिएको छ । ती अधिकारीले भने, ‘घटनापछि बालिकाको पहिचान लुकाउन शवलाई जलाइएको खुलेको छ ।’

प्रदेश प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले पनि प्रहरी आरोपित नजिक पुगेको बताए । मृतक बालिका बोल्न नसक्ने अपाङ्ग हुन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |