कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ल्याव असिस्टेण्ड शेर्माको स्कुटी दुर्घटनामा मृत्यु

झापा डुडामारी, सडक दुर्घटनामा परि गम्भिर घाईते भएकी शिवसताक्षी नगरकी स्वास्थ्यकर्मी शुजना शेर्माको सोमबार साँझ झापाको विर्तामोडस्थीत विएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं ८ झिलझिलेमा रहेको सतासीधाम स्वास्थ्य चौकीको ल्याव असिस्टेन्ड पदमा कार्यरत २३ वर्षीय शेर्माको मृत्यु भएको सो अस्पतालले जनाएको छ । नगरको वडा नम्बर ८ विकास चोककी शेर्मा गएको चैत ४ गते बिर्तामोडबाट पश्चिम डुडामारीतर्फ फर्कर्ने क्रममा कनकाई नगरको जामुनखाडी चोकमा दुर्घटनामा परेकी थिईन ।

झापाको विर्तामोडबाट घर फर्कने क्रममा पुर्वपश्चिम जामुनखाडी चोकमा दुर्घटनामा परेकी शेर्मालाइ उपचारको लागि विर्तामोडको विएण्डसी लगिएको थियो ।

शेर्मा सवार मे ९ प ७१६२ नम्बरको स्कुटी को १ च ९४०१ नम्वरको पिकअप भ्यान संग ठोक्कीएको ईलाका प्रहरी कार्यलय सुरुङ्गाले जनाएको छ । शेर्माको मंगलवार बिहान मेचि अंचल अस्पताल भद्रपुरमा पोष्टमार्टम गरेर निजी निवास ल्याइने परिवार स्रोतले जनाएको छ ।

यसैबिच शेर्माको निधनमा सोक ब्यक्त गर्दै शिवसाताक्षी कार्यपालिका, वडा कार्यालयहरु र नगरभित्रका सबै स्वास्थ्य चौकीहरुमा मंगलबार एक दिने शोक बिदा दिने निर्णय गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । सोमबार साँझ एक शोक शन्देश जारी गर्दै नगरपालिकाले यस्तो जनाएको हो ।

साभार : हाम्रो सरोकार

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |