कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मन्त्री इन्द्रबहादुर आङ्बो द्वारा ३ सय १० परिवारलाई खाद्यान्न सहयोग

पाँचथर– १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जिल्लाका ३ सय  १० परिवारलाई खाद्यान्न सहयोग गरेका छन्। ‘लक डाउन’समयमा आर्थिक रुपमाविपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको जानकारी दिइएको छ।उनी पाँचथरको निर्वाचन क्षेत्र ख वाट प्रदेशसभाका सांसद हुन।

विपन्न परिवारमा खाद्यान्न सकट नहोस भनेर सहयोग गरिएको मन्त्री आङ्बोले जानकारी दिए। स्थानी यतहले न्यून आर्थिक अवस्था भएका भनेर राखेको तथ्याङ्कको आधारमा खाद्यान्न वितरण गरीएको छ। ब्याक्तिगत हिसाबमा २ लाख ५० हजार बराबरको खाद्यान्न सहयोग गरेको जानकारी दिइएको छ।

मन्त्री आङबोद्वारा खाद्यान्न सहयोग

तुम्बेवा गाँउपालिकामा १ सय ९० परिवार, फिदिम नगरपालिका–९ लुम्फाबुङका ६० र  तथा फिदिम–६ शिवाका७० परिवारलाई खाद्यान्न सहयोग गरिएको हो। उनीहरुलाई गाँउमै लगेर खाद्यान्न प्रदान गरिएको छ। स्थानीय जनप्रतिनिधिको उपस्थितिमा खद्यान्न सहयोग गरिएको छ।

नागरिक न्युज बाट साभार

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार