
पाथिभरा च्यानल – देउमाइको किनार,लिम्बुवान लगायत चलचित्रहरुको निर्देशक,वरिष्ठ चलचित्रकर्मी सांस्कृतिक अभियन्ता प्रेम सेर्मा माङ्जाबुङगेको निधन भएको छ् | कला साहित्य सिनेमा सृजनाबाट नेपाली क्रान्तिलाई पुर्णता दिन अनवरत लाग्दै आउनु भएका प्रगतिशील लेखक/निर्देशक प्रेम शेर्मा माङ्जाबुङ्गेको निधनले सबैलाई स्तब्ध बनाएकोछ |

प्रेम सेर्मा “माङ्जाबुङ्गे” को २०७७ साल अशोज ११ गते बिहान १० बजे असामयिक निधन भएको हो |
आज दिनको ठिक २ बजे सुनझोडा, मंगलबारे मा निर्देशक प्रेम शेर्मा माङ्जाबुङ्गेको अन्त्यस्टी हुँदैछ | । उहाँको आत्मालाई शान्ति मिलोस भावपुर्ण श्रद्धाञ्जली |



