कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

सहकर्मी शिक्षिकालाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ, यस्तो भिडियो सार्वजनिक

दाङ, २२ असोज । सहकर्मी शिक्षिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा दाङ घोराहीका एक शिक्षक पक्राउ परेका छन् ।

घोराहीस्थित एक विद्यालयमा कार्यरत शिक्षक शिवकुमार रानालाई सहकर्मी शिक्षिकालाई यौन दुर्व्यवहार गरेको जाहेरीका आधारमा पक्राउ गरेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

रानाले शिक्षिकालाई यौन दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विद्यालय प्रशासनले रानालाई बर्खास्त गरेको छ ।

विद्यालयले बुधबार विज्ञप्ती जारी गरी शिक्षक रानालाई सेवाबाट बर्खास्त गरी कानूनी कारबाहीको प्रक्रियामा सहयोग गर्ने जानकारी दिएको छ ।

शिक्षिकाले कैची माग्दा रानाले आफ्नो यौनाङ्कमा कैंची राखेर आफैं लैजान भनेको भिडियो सार्वजनिक भएको थियो । भिडियो सार्वजनिक भएपछि बुधबार नै रानालाई पक्राउ गरिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

नयाँ पेज बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार