
पोखरा महानगरपालिका ठेगाना भएका ३९ वर्षीय पुरुषले आफ्नै १३ वर्षीया छोरीलाई विगत केही वर्षदेखि जबर्जस्ती करणी गरिरहेको र पछिल्लो समय गत ६ गते एउटा होटलमा लगी जवर-जस्ती अ-श्लिल फोटो तथा भिडियो देखाई करणी गरेको भन्ने जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता सुवास हमालले हिमालय दैनिकलाई जानकारी दिए ।
प्रहरीका अनुसार पीडित छोरी र परिवारका सदस्यको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार ती पुरुषलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीविरुद्ध जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप अनुमती लिई हाडनाता करणी कसूर अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रवक्ता हमालले जानकारी दिए । प्रस्ता मिडिया बाट



