कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

कलंकी जाने भनेर मोटरसाइकलमा लिफ्ट मागेकी युवतीले जब चोभार पुर्‍याइन् …

गत साउन ८ गते भोलाबहादुर जर्घामगर रत्नपार्कमा थिए। मोटरसाइकलमा बसिरहेका उनी कलंकी जान खोजिरहेका थिए।

सिन्धुली कमलामाई नगरपालिका-२ का उनलाई त्यसबेलै एक युवतीले लिफ्ट मागिन्।

युवतीले उनलाई कलंकी पुर्‍याइदिन भनिन्। नभन्दै भोलाबहादुरले युवतीलाई कलंकी पुर्‍याए।

तर, युवती कलंकी उत्रिइनन्। भोलालाई चोभारसम्म पुर्‍याइदिन अनुरोध गरिन्।
भोलाबहादुर पनि युवतीको अनुरोध मानेर चोभार पुगे।

तर, चोभार पुग्दा त्यहाँ अन्य दुई जना युवा बसिरहेका थिए। त्यहाँ पुगेपछि भोलालाई नियन्त्रणमा लिए।

उनीहरूले भोलाको साथमा रहेको ६ तोला सुनको सिक्री, मोबाइल, चश्मा र सात हजार रुपैयाँ लुटे।

लुटेसँगै युवती लिएर उनीहरू भागे। यसरी छिनको छिन लुटपाट भएपछि उनी महानगरीय अपराध महाशाखामा उजुरी गर्न पुगेका थिए।
त्यही उजुरीको आधारमा महाशाखाले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका-३ घर भई काठमाडौं स्युचाटार बस्ने ४९ वर्षीय लालबहादुर श्रेष्ठ रहेको महाशाखाले जनाएको छ।

घटनामा संलग्न युवती र अन्य व्यक्तिहरूको खोजी भइरहेको परिसर प्रमुख एसएसपी दीपक थापाले बताए।

पक्राउ परेका श्रेष्ठलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुरमा बुझाइएको उनले बताए। सेतोपाटी बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार