
काठमाडौं । विश्व मातृभाषा दिवसको अवसरमा नेपालमा रहेको सम्पूर्ण मातृभाषाहरुको संरक्षणको माग गर्दै मुलुकको प्रमुख प्रशासनिक कार्यालय सिंहदरबार अगाडि नांगै प्रर्दशनमा निस्किएका बिकेन लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ ।
हातमा “म मेरो मातृभाषाको संरक्षण गर्न चाहान्छु” भन्ने नारा लेखिएको प्लेकार्ड बोकेर निस्किएको केही समयमै प्रहरीले उनलाई नियन्त्रणमा लिएका थिए । उनले संस्कृत भाषालाई जस्तै अन्य जातजातिका मातृभाषालाई पनि राज्यले संरक्षण गर्नुपर्ने आफ्नो मुख्य माग रहेको बताए । यसअघि पनि उनले सिंहदरबार अगाडि नांगै प्रर्दशन गरेका थिए ।



