प्रदेश १ : लछुमन तिवारी र बलबहादुर साम्सोहाङ मन्त्रीमा नियुक्त

एमाले फुटाएका माधव नेपालको साथ छाडेका दुई नेताले सुरुमै प्रदेश १ को नयाँ सरकारमा मन्त्री हुने अवसर पाएका छन्। प्रदेश १ मा एमाले सांसदहरु बलबहादुर साम्सोहाङ र लछुमन तिवारी पहिलो चरणमा मन्त्री बनेका हुन्।

ताप्लेजुङका साम्सोहाङ सामाजिक विकास मन्त्री र तेह्रथुमका तिवारी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएका हुन्।

ad
दुवै मन्त्रीको शपथ ग्रहण पनि भइसकेको छ। उनीहरुलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले मुख्यमन्त्री भीम आचार्यको उपस्थितिमा शपथ खुवाए।

ad
सुरुमा तीन मन्त्री बनाउने कुरा भए पनि दुईजनाको नाममा सहमति भएको हो। आचार्यले बिहीबार मात्रै मुख्यमन्त्रीको शपथ लिएर काम थालेका थिए।

संखुवासभाका सांसद तुलसी न्यौपाने, उदयपुरका बिमल कार्की र मोरङका जीवन घिमिरेलाई पनि मन्त्री बनाउन दबाब थियो। यी नामबारे पनि छलफल भइरहेको मुख्यमन्त्री आचार्यनिकट एक नेताले बताएका छन्।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार