कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

पाँचथर काठमाडौं कलाकार समाजको वनभोज कार्यक्रमले सबैको मन जित्यो

कला र कलाकार २१औ बैज्ञानिक संसार भत्रे मुल नाराका साथ “पाँचथर काठमाडौं कलाकार समाज” ले गएको साता सब्य भब्य र बृहत वनभोज कार्यक्रम आयोजना गरेको थियो । पाँचथर लगायत अन्य विभित्र जिल्लाका कलाकर्मी, साहित्यकर्मी, समाजसेवी, बुद्धिजिवि, व्यावसायीहरुको बाक्लो उपस्थिति रहेको उक्त वनभोज कार्यक्रम काठमाडौंको थानकोट स्थित त्रिभुवन पार्कमा सम्पत्र भएको थियो ।

कला लगायत सबै क्षेत्रसँग सम्वद्ध व्यक्तित्वहरुसँग सदभाव समन्वय तथा एकता कायम गर्दै भाषा सस्कृति कला साहित्य आदिको विकास एवम् विस्तार गर्ने उदेश्यको
साथ स्थापना भएको यस पाँचथर काठमाडौं कलार समाजले सामाजिक कार्यहरुलाई बढि प्राथमिकता दिंदै आएकोछ ।

आगामी दिनमा अझ सक्रिय भएर अघि बढने संस्थाको महासचि

व दिनेश लिङदेनले बताउनु भयो |बनभोज कार्यक्रममा लिम्बुको मौलिक धान नाच आकर्षकको केन्द्र बिन्दु भएको थियो | मेचु धिमाल बिक्रम राइ पदम राई अशोक मुकारुङ संगम लिम्बु ब्रबिम शेर्मा सुमन लिम्बु निरन्ता नेम्बाङ यादन शेर्मा दिपा सुहाङ लगायत अन्य रास्ट्रिय स्थरको गायक गायिकाले आफ्नो रमाइलो प्रस्तुति दिएका थिए |

यासेली योङहाङ “पाँचथर काठमाडौं कलाकार समाज” को अध्यक्ष हुनुहुन्छ भने सब्य भब्य र बृहत वनभोज कार्यक्रमको संयोजक हाङ चेम्जोङले गरेका थिए |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार