कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

‘रेस्क्यू म्युजिक अवार्ड’ २०२२ घोषणा

रेस्क्यू क्रिएसन ग्रुपले आफ्नो स्थापनाको १० औं वर्षको अवसरमा रेस्क्यू म्युजिक अवार्ड २०२२ घोषणा गरेको छ ।

बुधबार बानेश्वरमा आयोजित कार्यक्रम योजना तथा मुख्य कार्यालय शुभारम्भ समारोहमा संस्थाका निर्देशक समन अधिकारीले प्रमुख १५ विधा र दुई मिडिया विधा गरी १७ विधामा अवार्डको घोषणा गरेका हुन् ।

ग्रुपले नेपाली संगीत क्षेत्रमा विशिष्ट योगदान गरेका प्रेमराजा महतलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गर्ने समेत घोषणा गरेको छ ।
रेस्क्यू क्रियशनले यसै वर्ष राजधानीमा आयोजना गर्न लागेको ‘रेस्क्यू म्युजिक अवार्ड २०७८’मा विजेतालाई नगदसहित अवार्ड प्रदान गरिने छ ।विगत एक दशकदेखि म्यूजिक भिडियो निर्माणमा सक्रिय रेस्क्यू क्रिएसन ग्रुपले ‘स्रष्टाको मेहनतको कदर गर्ने प्रयास स्वरुप अवार्डको आयोजना गर्न लागेका बताएको छ ।

आयोजकले १७ विधाअन्तर्गत विधागत नाम पनि सार्वजनिक गरेको छ । जसअनुसार ‘आउटस्टेण्डिङ लिरिसिस्ट(पप-मोडर्न-फिल्म)’, ‘आउटस्टेण्डिङ म्यूजिक कम्पोजर (पप-मोडर्न-फिल्म)’, ‘आउटस्टेण्डिङ म्यूजिक एरेञ्जर(पप-मोडर्न-फिल्म)’, ‘आउटस्टेण्डिङ मेल भोकल(पप-मोडर्न-फिल्म)’, ‘आउटस्टेण्डिङ फिमेल भोकल(पप-मोडर्न-फिल्म)’ छन् ।

त्यस्तै ‘आउटस्टेण्डिङ लोकदोहोरी भोकल(लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ लोकदोहोरी लिरिसिष्ट(लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ लोकदोहोरी मेलोडी(लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ मेल आर्टिष्ट (पप-मोडर्न-लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ फिमेल आर्टिष्ट (पप-मोडर्न-लोकदोहोरी)’ छन् ।

यसैगरी ‘आउटस्टेण्डिङ म्यूजिक भिडियो सिनेमाटोग्राफर(पप-मोडर्न-लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ म्यूजिक भिडियो एडिटर(पप-मोडर्न-लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ म्युजिक भिडियो कोरियोग्राफर(पप-मोडर्न-लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ म्यूजिक भिडियो डिरेक्टर(पप-मोडर्न-लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ म्यूजिक भिडियो अफ द इयर(पप-मोडर्न-लोकदोहोरी)’ छन् । अवार्डमा ‘आउटस्टेण्डिङ होस्ट इन ए टक शो’ र ‘आउटस्टेण्डिङ होस्ट इन ए न्यूज एंकर’ विधा छन् ।

डिस मिडिया नेटवर्कका प्रवन्ध निर्देशक सुदिप आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वरिष्ठ गायक प्रेमराजा महत,मोडल रिमा वि.क,सिटिइभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारीले कार्यक्रमको सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

विश्वका १८ देशमा पुगेर ग्रुपले अन्तराष्ट्रिय स्तरका फिल्महरु छाँयाङकन गर्नुका साथै नेपालमा १५ सय वढी म्युजिक भिडियोहरु निर्माण गरीसकेको यस ग्रुपले अव अडियो भिडियोका सवै खाले सम्भावना र चुनौतीहरुको ब्यवस्थापन गर्ने वताएको छ ।

अवार्ड वर्षको अन्त्यमा नेपालको एक पाँचतारे होटलमा र अर्को वर्ष युरोपमा हुनेछ । ‘सबै विधा विदेशमा बस्ने नेपालीको नाममा हुनेछ । हामी लाइफटाइम अचिभमेन्ट अवार्ड देशबाहिर रहेर नेपाली संगीतमा योगदान पु¥याउनेलाई दिनेछौं’निर्देशक अधिकारीले बताए।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार