कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

नेपाल लगानीको आकर्षक गन्तव्य हो भन्ने सन्देश विश्वभर फैलाउन आवश्यक छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको पहिलो प्राथमिकता नेपालमा लगानीको वातावरण निर्माण गर्नमा रहेको बताएका छन् ।

आज (बिहीबार) लगानी बोर्ड नेपालको १२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दीगो रुपमा आर्थिक विकासका लागि सरकारले नीजी लगानी बढाउने वातावरण निर्माण गरिरहेको बताएका हुन् ।

‘नेपालमा लगानीको वातावरण सुधार्नु मेरो पहिलो प्राथमिकता हो । हामी हाम्रो देशको समावेशी र दिगो रूपमा आर्थिक विकासका लागि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) लगायत नीजी लगानी बढाउन निरन्तर काम गर्नेछौं,’– प्रधानमन्त्री प्रचण्डले भने ।

सीमित स्रोत साधनको बाबजुद पनि लगानी बोर्डले प्रभावकारी सेवा सुविधा दिन सकेको भन्दै उनले प्रशंसा समेत गरे । नेपाल लगानीको आकर्षक गन्तव्य हो भन्ने सन्देश विश्वभर फैलाउन आवश्यक रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

संविधानको मर्मअनुसार लगानीमैत्री वातावरण बनाउन सबै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य रहेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

काठमाडौं, २२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको पहिलो प्राथमिकता नेपालमा लगानीको वातावरण निर्माण गर्नमा रहेको बताएका छन् ।

आज (बिहीबार) लगानी बोर्ड नेपालको १२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दीगो रुपमा आर्थिक विकासका लागि सरकारले नीजी लगानी बढाउने वातावरण निर्माण गरिरहेको बताएका हुन् ।

‘नेपालमा लगानीको वातावरण सुधार्नु मेरो पहिलो प्राथमिकता हो । हामी हाम्रो देशको समावेशी र दिगो रूपमा आर्थिक विकासका लागि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) लगायत नीजी लगानी बढाउन निरन्तर काम गर्नेछौं,’– प्रधानमन्त्री प्रचण्डले भने ।

सीमित स्रोत साधनको बाबजुद पनि लगानी बोर्डले प्रभावकारी सेवा सुविधा दिन सकेको भन्दै उनले प्रशंसा समेत गरे । नेपाल लगानीको आकर्षक गन्तव्य हो भन्ने सन्देश विश्वभर फैलाउन आवश्यक रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

संविधानको मर्मअनुसार लगानीमैत्री वातावरण बनाउन सबै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य रहेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार