
निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल किनबेच प्रकरणमा गम्भीर छानबिन गर्नुपर्ने निष्कर्ष सत्ता गठबन्धनले निकालेको छ।
उक्त बैठकमा सत्तारुढ गठबन्धनका नेताहरूले एनसेलको किनबेच नेपालको कानुनअनुकुल नरहेको, शंकास्पद कारोबार भएकोसहितका कुरा उठाएका थिए।

लेखकका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले पनि एनसेलको खरिदबिक्री पारदर्शी नभएको कुरा राखेका थिए। प्रधानमन्त्रीले एनसेल किनबेच हुँदा कानुनअनुसार नभएकोबारे आफ्नो धारणा प्रष्ट पारेको लेखकले बताएका छन्।
त्यसपछि सत्तारुढ दलका सबै नेताहरूले एनसेलको खरिदबिक्री प्रकरणमा गम्भीर छानबिन तथा अध्ययन आवश्यक रहेको साझा धारणा बनाएको लेखकले बैठकपछि बताएका छन्।

उक्त बैठकमा प्रधानमन्त्रीले एनसेल किनबेच प्रकरणमा गहिराइमा पुगेर अनुसन्धान गर्न सरकार तयार रहेको भन्दै दलहरूलाई आश्वस्त बनाएका थिए।



