कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

काठमाडौमा पहिलोपटक मुन्धुमी नाटक मञ्चन भयो

याक्थुङ्हरुको मौलिक पर्व सिसेक्पा तङनाम (साउने संक्रान्ती) २०७६ को अवसरमा पहिलोपटक लिम्बु नाट्य इतिहासमा याक्थुङ मुन्धुमी नाटक “साक्च्योङ” मञ्चन भएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको आयोजनामा साउन १ गते चुम्लुङ्हिम ललितपुरमा मञ्चन हुने नाटक वरिष्ठ लिम्बू नाटककार सागर केरुङ्ले लेखेका हुन भने बरिस्ठ चलचित्र निर्देशक/पुरानो नाटक निर्देशक...

July 20th, 2019

विप्लव समूहले भन्यो–आत्मसुरक्षाका लागि बोकेको बम धनगढीमा पड्कियो

३ असार, काठमाडौं । बिहीबार साँझ धनगढीको शहीद गेटमा नजिकै भएको शक्तिशाली विष्फोटमा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहको संलग्नता पुष्टि भएको छ । शुक्रबार दिउँसो समूहको सेती–महाकाली ब्यूरो इञ्चार्जले निर्माणको नामबाट विज्ञप्ति जारी गर्दै पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ पड्किएको जनाएको हो । विज्ञप्तिमा पार्टीका...

July 19th, 2019

वडाध्यक्षमाथि कुटपिट, प्रहरीलाई समेत ढुङ्गामुढा गरेर लखेटियो

जुम्ला, ३ साउन । पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि लुमगाउँका बासिन्दाले बुधबार कुटपिट गरेका छन् । बागजाले सामुदायिक वनको अवैध जडीबुटी चोरी निकासीमा वडाध्यक्षको संलग्नता रहेको भन्दै लुमगाउँका स्थानीयले कुटपिट गरेका हुन् । लुमगाउँका स्थानीयवासीले वडाध्यक्ष रावतमाथि हातपात गर्नु साथै अभद्र व्यवहार गरी कठालो समातेर कमिज च्यातेको आरोप छ...

July 19th, 2019

होटलको नाममा यौनधन्दा, किशोरी हराएपछि खुल्यो पोल

अघिल्लो बुधबार बाराको पथलैयाबाट १७ वर्षीया किशोरी बेपत्ता थिइन् । छरछिमेक, आफन्त र चिनजान सबैतिर पुग्दा पनि केही अत्तोपत्ता नलागेपछि परिवारले प्रहरी गुहारे । इलाका प्रहरी कार्यालय, सिमराले थालेको अनुसन्धानका क्रममा किशोरी अल्पाइन अस्पतालको बेडमा भेटिइन् तर, बोल्न सक्ने अवस्थामा थिइनन् । चिकित्सकको सल्लाह बमोजिम उनलाई थप उपचारका लागि...

July 18th, 2019

प्रेमिकालाई भित्र्याउन श्रीमतीको हत्या

१ साउन, पोखरा । पोखरा रामबजारमा मोबाइल पसल चलाइरहेका रमेश नेपालीले श्रीमती हराएको भन्दै खोजी गरिदिन २ असारमा जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए । रमेशकी श्रीमती २७ वर्षीया लक्ष्मी १ असारमा बेपत्ता भइन् । १ लाख ५० हजार लिएर श्रीमती गायब भएको र छोराछोरीको विचल्ली भएको भन्दै रमेशले प्रहरीमा...

July 17th, 2019

लुम्बिनी मेडिकल कलेजबाट चोरी भएको बच्चा फेला पर्‍यो, श्रीमानलाई ढाँट्न बच्चा चोरी

(पाल्पा) — यसअघि दुई छोरा र दुई छोरीकी आमा हुन्, ३६ वर्षीया विमकला पाण्डेय । उनको पहिलो श्रीमानको मृत्यु भइसकेको छ । त्यसपछि उनी सामाजिक सञ्जालमार्फत् नेपालगञ्जका गोविन्द भण्डारीसँग माया बस्यो । ०७५ कार्तिकमा उनीहरू बीच विवाह भयो । स्याङजाको गल्याङ नगरपालिका–५, मोहनडाँडाकी पाण्डेयले विदेशमा बस्ने श्रीमान्लाई पेटमा बच्चा भएको भन्दै ढाँटिन् । १५...

July 17th, 2019

छवि–शिल्पाको सम्बन्धमा पूर्णविरामको संकेत

काठमाडौँ — पछिल्लो एक हप्ता नेपाली चलचित्रको बजार निर्माता छविराज ओझा र अभिनेत्री तथा उनकी धर्मपत्नी शिल्पा पोखरेलको झगडाले तताएको छ । सामान्य भनाभनपछि सुरु भएको उनीहरूको झगडा यतिमाथि पुगेको छ कि अब शिल्पा छविको घर फर्किने सम्भावना छैन । छविको मनमा समेत आशा मर्दै गएको छ । छविराज...

July 16th, 2019

अपडेट : बाढी पहिरोबाट ७८ को मृत्यु, १७ हजार घरधुरी विस्थापित

काठमाडौं, ३१ असार । मुलुकमा केही दिनअघि परेको वर्षापछिको बाढीपहिरो र डुबानका कारण आज मध्याह्नसम्म ७८ जनाको मृत्यु भएको छ भने ३२ बेपत्ता र ४० जना घाइते भएका छन् । गृह मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार असार २६ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर १७ हजार ४२० घरधुरी विस्थापित भएका र...

July 16th, 2019

झापाको कन्काई पुलमा बम राख्ने पाँच अभियुक्त सार्वजनिक

डेढ महिनाअघि झापाको कन्काई पुल नजिकै प्रेसर कुकर बम राखेर आतंक मच्चाएको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिई शुक्रबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले इलाका प्रहरी कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलन गरी गोर्खा नेपाल जनमुक्ति मोर्चाको नामको पर्चासहित प्रेसर कुकुर बम राख्ने पाँच अभियुत्तलाई सार्वजनिक गरेको हो...

July 5th, 2019

बीमा रकमको लोभमा बाबुले गरे छोरीको हत्या

२० असार, रौतहट । जीवन बीमा कम्पनीबाट पाउने रकमको लोभमा एक बुबाले आफ्नै छोरीको हत्या गरेका छन् । रौतहटको मौलापुर नगरपालिका–६, पथरा बुधरामका रामकिशोर राय यादवले ४ वर्षीया छोरी लक्ष्मीकुमारी यादवको हत्या गरेका हुन् । असार १७ गते घरमा सुतिरहेकै अवस्थामा हराएकी लक्ष्मीको शव भोलिपल्ट बिहान गाँउकै एक पोखरीमा...

July 5th, 2019
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |