कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने

काठमाडौं ।  तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । सर्वोच्च अदालत प्रशासनले निकालेको सूचनामा भनिएको छ, ‘दीपावली,...

October 30th, 2024

बालुवाटारमा पक्राउ रास्वपाका सांसदसहित ५१ कार्यकर्ता छाडिए

img

काठमाडौँ । बालुवाटार घेराउ जाँदा आज (मंगलबार) दिउँसो पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदसहित ५१ कार्यकर्तालाई प्रहरीले साँझ छाडेको छ ।  दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न भन्दै बालुवाटार पुगेका सांसद अशोक चौधरीसहित ५१ जनालाई प्रहरीले पक्राउ गरेको थियो । काठमाडौँ उपत्यका प्रहरी कार्यलयका प्रवक्ता,...

October 29th, 2024

साफ च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा

टाइब्रेकरमा भारतलाई पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनसिपको फाइन्लमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको दोस्रो सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो। नेपालको जितमा सावित्रा भण्डारी, गिता राना, सविता रानामगर, अमिसा कार्कीको प्रहार सफल भयो। भारतकी मनिषा, के पुरुषोत्तमको प्रहार सफल हुँदा...

October 28th, 2024

जिल्ला होटल व्यवसायी संघ काठमाडौंको अध्यक्षमा सुरेश बराल निर्वाचित

जिल्ला होटल व्यवसायी संघ काठमाडौंको छैठौ बार्षिक साधारण सभा तथा चौथो अधिवेशन अनुपम फुडल्याण्ड गौशालामा सम्पन्न भएको  छ । उक्त कार्यक्रमको अध्यक्ष शैलेश कुमार कार्कीले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथी बागमति प्रदेशका सभामुख भुवन कुमार पाठकले गर्नु भएको थियो ।  उक्त कार्यक्रम बिशिष्ट अतिथीको रुपमा होटल व्यवसायी...

October 25th, 2024

मधेशमा उपेन्द्रलाई भित्र्याएर सिके राउतलाई आउट गर्ने ओली–देउवाको तयारी

सत्ता गठबन्धनका मुख्य घटक नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरुबीच मधेश प्रदेशको सरकारको नेतृत्व फेर्ने समझदारी बनेको छ। अहिले मधेश प्रदेशको नेतृत्व सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको छ । मुख्यमन्त्रीको जिम्मेवारीमा सतिशकुमार सिंह छन् । मधेशको सरकारको नेतृत्व पाएपछि नै जनमत पार्टीले केन्द्र सरकारलाई विश्वासको मत दिएको...

October 22nd, 2024

पक्राउ परेपछि श्रीमतीलाई रविले भने- तिमीलाई दुःख भयो, मैले अपराध गरेको छैन

सहकारी ठगी प्रकरणमा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले श्रीमती निकिता पौडेललाई आफूले कुनै अपराध नगरेको बताएका छन्। शुक्रबार पार्टी कार्यालयबाट पक्राउ पर्दैगर्दा लामिछानेले सँगै रहेकी श्रीमतीलाई अंगालो हाल्दै आफूले कुनै अपराध नगरेको बताए। ‘तिमिलाई दुःख भयो बुढी, मैले अपराध गरेको छैन। तिमिलाई थाहा...

October 19th, 2024

रवि लामिछाने पक्राउको हल्लाबीच घण्टीघरमा रास्वपाका कार्यकर्ताहरु भरिए, मिडियापनि बाक्लै

काठमाडौं, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्ने हल्लाबीच रास्वपाको मुख्यालय घण्टीघरमा मानिसहरुको भीड लागेको छ । रास्वपाका नेताहरुले नै कार्यकर्ताहरुलाई घण्टीघरमा भेला हुन उर्दी जारी गरेपछि अहिले चमतिस्थित् पार्टी कार्यालयमा कार्यकर्ताहरुको उपस्थिति बाक्लिएको छ । काँस्की प्रहरीले आजै अदालतबाट अनुमति लिएर लामिछानेलाई पक्राउ गर्ने...

October 18th, 2024

कबि तथा गीतकार डम्बर यक्सोको “शितल शितल हावा चल्दा” गीतको भिडियो सार्वजनिक !

कवि तथा गीतकार डम्बर याक्सो लिम्बुको रचनामा ‘शीतल शीतल हावा चल्दा’ म्युजिक भिडिओ  सार्वजनिक भएको छ। याक्सोको यो चौथो प्रस्तुति हो।  अब चाँडै दुईवटा म्युजिक भिडिओ पनि बजारमा ल्याउने जानकारी लिम्बुले नेपालखबरलाई दिए। लोकप्रिय युवा गायक कञ्चन थलङको  स्वर रहेको ‘शीतल शीतल हावा चल्दा’ म्युजिक भिडिओ थलङकै युटुब च्यानलबाट बुधबार  (असोज २३ गते) सार्वजनिक...

October 15th, 2024

दिपा सुहाङ र मणि ताम्लिङको स्वरमा लिम्बु भाषाको गीत ‘ए फुंङ्’ सार्वजनिक

लिम्बु जातिको आफ्नै भाषा सस्कृति र सस्कार छ | आफ्नो सभ्यता र पहिचानको लागि लिम्बुहरुले समय समयमा हरेक कार्यमा आफ्नो दरिलो उपस्थिति जनाउदै आएको छ | समय र परिस्थिति अनुसार अन्य जाति जस्तै लिम्बु जाति पनि रोजकारी र अन्य कामको लागि बिश्वको धेरै मुलकमा गएको पाइन्छ | त्यहाँ उनीहरुको...

October 10th, 2024

टुँडिखेलमा आज फूलपाती बढाइँ

काठमाडौं, । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आज सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह हुँदैछ । बडादसैँको सातौं दिन आयोजना हुने फूलपाती बढाइँ कार्यक्रममा सैनिक परेड मुख्य आकर्षण रहनेछ । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन्। बढाइँ कार्यक्रममा सैनिक हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीतसहित विभिन्न धुन प्रस्तुत हुनेछ ।...

October 10th, 2024