मनिषालाई शाहरुखको सुझाव- जस्तो पायो त्यस्तो फिल्म नखेल्नु….

 

(एजेन्सी),मनिषा कोइरालाले बलिउड सुपरस्टार शाहरुख खानसँगै धेरै फिल्म खेलेकी छैनन्। तर, शाहरुखसँग उनको ट्युनिङ गज्जबको मानिन्छ। मनिषाले मणिरत्नमको ‘दिल से’ मा बलिउडका किङ खानसँग अभिनय गरेकी थिइन्। मनिषाका अनुसार त्यो एउटै फिल्मबाट उनको शाहरुखसँग राम्रो सम्बन्ध स्थापित भएको थियो। शाहरुखले उनलाई जस्तो पायो त्यस्तो फिल्म नखेल्न सुझाव दिने गरेको उनले खुलासा गरेकी छिन्

‘शाहरुखले मलाई राम्रो सल्लाह दिने गर्थे। उनलाई लाग्थ्यो म प्रतिभाशाली अभिनेत्री हुँ,’ मनिषाले भारतीय अखबारलाई हालै दिएको अन्तर्वार्तामा भनेकी छिन्, ‘शाहरुख मलाई राम्रो काम गरिरहेको बताउँथे तर फिल्मको छनोट गर्ने कुरालाई हल्का नलिन सुझाव दिन्थे। उनी सोचेर मात्र फिल्मको छनोट गर्न प्रोत्साहित गर्थे।’


मनिषा पनि फिल्म छनोटलाई लिएर आफू निकै हल्का हुने गरेको स्वीकार गर्छिन्। शाहरुख अभिनयको हिसाबले मनिषाले अझै राम्रो काम गर्नु पर्ने बताउँथे। मनिषाको नयाँ फिल्म ‘डियर माया’ को रिलिजको मिति नजिकै आइसकेको छ।

मुख्य समाचार