कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

बाजुराको कोल्टीमा सेनाको विमान दुर्घटना, एकको जीवितै उद्दार…

१६ जेठ, काठमाडौं । बाजुराको कोल्टीमा नेपाली सेनाको (स्काइ ट्रक) विमान दुर्घटना भएको छ । विमानमा रहेका दुर्इ जनाको जीवितै उद्दार गरिएको छ ।


सुर्खेतबाट सिमिकोटको लागि उडेको एन ए ४८ स्काई प्लग जहाज सिमिकोटमा हावाको बहाव बढी भएपछि बाजुरा डाइभर्ट भएको थियो ।

तर, कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर धान खेतमा पुगेको छ । दुर्घटनापछि विमानमा आगो पनि लागेको थियो ।

विमानस्थल नजिकै रहेको नेपाली सेनाको टोलीले स्थानीयको सहयोगमा तत्काल आगो नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले अनलाइनखबरलाई जानकारी दिए

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार